नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

पाेखरा | असार ५, २०७९

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण


पोखरा :          नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा  पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गर्नुभएको थियो ।

 

कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

 

परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले प्रबोधीकरणले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । परिषद्का सल्लाहकारहरू सहप्राध्यापक पुण्यप्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्वअध्यक्ष लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा, परिषद्का सचिव सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, कार्यक्रम संयोजक शिवहरि सुवेदीलगायतले प्रवोधीकरणको आवश्यकता र महत्वलगायतमा बोल्नुभएको थियो । कार्यक्रममा २०० बढी नेपाली भाषा शिक्षकको सहभागिता थियो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्